प्रधानमन्त्री प्रचण्डले संसदमा दोस्रोपटक विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । राप्रपा र एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि संविधानमा भएको ब्यवस्था अनुसार प्रचण्डले दोस्रो पटक विश्वासको मत लिइरहेका हुन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए ।

जारि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वसको मत लिनुपर्ने कारण र सरकारका काम कारवाहीका बिषयमा जानकारी समेत दिइरहेका छन् ।

एमालेले प्रचण्डलाई विश्वास मत नदिने निर्णय गरेको छ भने नेपाली, काँग्रेस, नेकपा एस, रास्जपा, लोसपा लगायतका दलहरुले विश्वासको मत दिने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार