काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेटवार्ता गरेका छन् । उनिहरुबीच आज राष्ट्रपति कार्यालय शितलनिवासमा भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पौडेल फागुन गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सङले पहिलोपटक भेटवार्ता गरेका हुन् । यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डीन आर। थम्पसनले भेटवार्ता गरेका थिए ।