प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल पठाइएका ३ जना धरौटीमा रिहा


काठमाडौं। प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा जेल पठाइएका ३ जना रिहा भएका छन् ।
पाँ हजार धरौटी बुझाएर केन्द्रीय कारागारबाट सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई आज रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

चैत ७ गते अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बानेश्वरको थापागाउँस्थित आयोजित एक विशेष कार्याक्रममा सहभागी हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध उनिहरुले नाराबाजी गरेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ गते उनिहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए। तर उनिहरुले धरौटी तिर्न नमानेपछि जेल गएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार