विराटनगर । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा फेरि झडप भएकोछ । विराटनगरमा आज भएको विरोध प्रर्दशनमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा १३ जना प्रर्दशनकारी र ६ जना प्रहरी घाइते भएका छन्।
झपडमा प्रर्दशनकारीतर्फ घाइते हुनेमा धरान उपमहानगरपालिका ५ एन के दर्नाल , धरान १६ का शिव आङ्देम्बे, , धरान ३ उदय नेम्बाङ माङ्सेबुङ, धरान ११ काज्ञान प्रसाद राई, ग्रामथान गाउँपालकिा पा ६ मोरङका सुरज राई, इटहरी तरराका सरोज लिम्बु, धरान १८ का अशोक राई, इटहरी ५ का पदम लिम्बु, धरानका विशाल राई, धरान तरहराका रेसम राई, इटहरी ५ का रोयल राई, इटहरी ८ का बिमल किराँती, र धरान १२ का आस्था राई रहेको जनजाती नेता आङकाजी शेर्पाले जानकारी दिए । घाइतेहरुको विराटनगरस्थित पारस हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
झडपमा परि ३ जना सशस्त्र प्रहरी र ३ जना नेपाल प्रहरीका जवान घाइते भएको धरानका एसपी दीपक पोखरेलले जानकारी दिए ।
प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास, लाठीचार्ज र पानीका फोहरा हानेको थियो भने प्रदर्शनकारीले प्रहरीलाई ढुंगा हानेका थिए। प्रहरीका अनुसार अहिले विराटनगरको स्थिती सामान्य बनेको छ। प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयतर्फ अघि बढेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।
यहि चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडी भएको प्रर्दशनमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा चैत १० गते मृत्यु भएपछि आन्दोलन झनै चर्किएको छ ।
कोशी प्रदेश खारेज गरेर बहुसंख्यक जनताको पहिचान झल्किने गरी प्रदेशको नयां नामाकरण गर्नुपर्ने भन्दै विभिन्न पहिचानवादी संघ संस्थाहरुले प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । प्रदेशको नयां नामाकरण नभएसम्म आफुहरुको आन्दोलन नरोकिने उनिहरुको भनाई छ ।