बालेनलाई प्रचण्डको जवाफः ‘ढुक्क हुनुस, सरकार पाँच बर्ष जान्छ’

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बर्तमान सरकार पाँच बर्षसम्म चल्ने बताएका छन् । काठमाडौं महानगरको आयोजनामा आजदेखि सुरु भएको न्यायिक सम्मेलनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बर्तमान सरकार पाँच् बर्ष नै चल्ने बताएका हुन् । कार्यक्रममा सहभागी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहलाई कामगर्न सजिलो हुने बताएका थिए ।

मेयर साहको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले सरकार पाँच बर्ष नै टिक्ने बताएका हुन् । स्थानिय तहको निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै उनले सरकार पाँच बर्ष नै चल्ने र अस्थिर नहुने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार