
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नभएसम्म मन्त्रीको नाम नपठाउने भएको छ । सरकारमा सहभागी हुने बिषयमा छलफल गर्न आज पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादीका अध्यक्ष माधव नेपाललाई आजै मन्त्रिहरुको नाम पठाउन भनेपछि आकस्मिकरुपमा बसेको बैठकले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नभएसम्म मन्त्रीको नाम नपठाउने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् दुई चरणमा विस्तार हुने भएपछि पहिलो चरणका लागि मन्त्रिको नाम पठाउन भनेपछि समाजवादी आन्तरिक छलफलमा जुटेको थियो ।
बैठकमा समाजवादीले पार्टीबाट डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ। तर, यसपटक पार्टीबाट महिलालाई मन्त्रि बनाउनु पर्ने आवाज पनि उठेको छ ।











