
चितवन । वैशाख १० गने हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले लामिछानेले बिहानै उम्मेदवारी दर्ता गरेको बताएका छन् । चितवन २ बाट आजै कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि उनको सांसद पद खारेज भएको थियो। रास्वपाबाट तनहुँ १ मा डा स्वर्णिय वाग्ले र बारा २ रमेस खरेलले पनि उपचिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदैछन् ।










