सत्ता गठबन्धन पाँच वर्ष टिक्ने माधव नेपालको दाबी, विचार मिल्नेसँग पार्टी एकता


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बर्तमान सत्ता गठबन्धन संविधानको रक्षा गर्दै तिर्ब विकास गर्ने लक्ष्य राखेकाले गठबन्धन पाँचै बर्ष टिक्नेदाबी गरेका हुन् ।

उनले सत्ता गठबन्धनको पहिलो कर्तव्य संविधानको रक्षा गर्नु रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्धिका पक्षमा काम गर्न सत्ता गठबन्धनले काम गर्नु पर्ने बताए।

अध्यक्ष नेपालले कतिपयले सरकारमा भागबण्डा र लुट मच्चाउन गठबन्धन बनेको आरोप लगाउने गरेकाले त्यो चुनौती पनि आफुहरुसंग रहेको उनको भनाई छ । देशको अर्थतन्त्रमा समस्या रहेपनि यसलाई सुधार गर्न सकिने गरी सरकारले काम गरिरहेको समेत उनले बताए । अर्थतन्त्र सुधारका लागि आफुले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको उनले बताए ।

‘उनले नेपालको मात्रै नभएर विश्वकै अर्थतन्त्र संकटमा रहेकाले यसको सुधारका लागि सरकारले गम्भिर भएर काम गर्नु पर्ने बताए ।
अध्यक्ष नेपालले विचार मिल्नेसँग पार्टी एकता गर्न सकिने तर कसैसँग विलय नहुने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार