
काठमाडौँ । मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको पार्टीबीच एकता हुने् भएको छ । किरणले नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र बास्तोलाले नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता हुन लागेको हो। अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टीबीच एकता गर्न लागेका हुन् ।
वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिने बताएका छन् ।
२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए। त्यसपछि विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले नेकपा बहुमत पार्टी गठन गरेका थिए । माओवादी धारका विभिन्न पार्टीहरु पछिल्लो समय एकताको पक्षमा रहेका छन् ।










