
काठमाडौं । उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचासंहिता लागू भएको छ । आगामी बैशाख १० गते तीन वटा जिल्लामा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि न आचारसंहिता लागू गरेको हो ।
चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले एक विज्ञप्ति जारि गर्दै मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था, संचार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ ।
उपनिर्वाचनको आचारसंहिता को कोलाई लाग्ने आयोगको विज्ञप्ति हेर्नुहोस











