एयरलाइन्सले लापरबाही गरेको भन्दै मन्त्री किरातीले सोधे ५ प्रश्न


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले लापरबाही गरेको भन्दै ५ प्रश्न सोधेका छन् ।
उनले एयरलाइन्सका विमानमा पटक पटक देखिएको लापरवाही आगामी दिनमा हुन नदिने गरि कार्ययोजना पेस गर्न भन्दै आज निर्देशन समेत दिएका छन् ।

मन्त्री किरातीले चार्टर फ्लाइट, जहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेका कारण जहाज उडानमा ढिलाइ भएको लगायतका विषयमा प्रश्नहरु ५ वटा प्रश्न सोध्दै सुधारको खाका प्रस्तुत गर्न भनेका छन् ।

मन्त्री किरातीले सोधेका ५ प्रश्नहरु यस्ताहरुः
१- चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो रु स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

२- नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो रु साथै यसबाट आर्थिक भार के कति पर्न गयो रु

३- काठमाडौँ दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो रु यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो रु

४- एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ रु पेश गर्ने।

५- म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो रु यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो रु अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन रु पेस गर्ने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार