काम नगर्ने ठेकेदारविरुद्ध मेयर रेनुको एक्सनः १४ ठेकेदार कम्पनीमाथि कारवाही सुरु


चितवन। भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीविरुद्ध कारवाही प्रकृया अघि बढाएकी छन् । महानगरले एक सूचना जारी गर्दै ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने त्यस्ता १४ वटा ठेकेदार कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको हो।

निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरुलाई किन कारर्वाही नगर्ने भनेर महानगरले स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

विक्रमबाबा कन्स्ट्रक्सन प्रालिले ८ वटा, प्रदिप निर्माण सेवाले ४ वटा, उर्जा कृष्ण जेभीले ४ वटा, युविना कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रालिले २, धुलिखेल निर्माण सेवा प्रालिले २ वटा निर्माण सम्बन्धी काम लिएर अलपत्र पारेको महानगरले जनाएको छ । त्यस्तै, लोहनी लोहनी एण्ड सन्स दाजुभाइ जेभीले १, अमृत कश्यप जेभीले १, प्रशंशा कन्स्ट्रक्सन प्रालिले १, वर्ल्डवाइड धुलिखेल निर्माण जेभीले १, शिवस्थल निर्माण प्रालिले १, जिएमआर दाजुभाइ प्रालिले १, एसस हिमालयले १, भूमेस्थान निर्माण प्रालिले १ निर्माण सम्बन्धी कामलाई अलपत्र पारेको महानगरले जनाएको छ ।

यी निर्माण कम्पनीहरुले अधिकांश कालोपत्रे सम्बन्धी कामको ठेक्का लिएर अलपत्र पारेको महानगरको भनाई छ ।
महानगरले सूचना जारी भएको मितिले ७ दिन भित्र आफैं उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएमा वा तत्काल कार्य अगाडि नबढाएमा कानुन अनुसार कारवाही थप अगाडि बढाउने समेत जनाएको छ ।

महानगरले जारी गरेको सूचना पढौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार