सरकारको नेतृत्व गर्न सक्ने सम्भावना छ- सभापति देउवा

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् ।
आज काठमाडौँमा आयोजित काँग्रेस निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनलाई संवोधन गर्दै सभापति देउवाले पार्टीले सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।

अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि उनले बताए । अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसकेकाले गठबन्धन बनाउनु बाध्यता भएको उनको भनाई छ । पूर्वप्रधानानमन्त्री समेत रहेका देउवाले गठबन्धन गरेर काँग्रेसलाइृ फाइदा नै भएकाले यसमा सबै इमानदार हुनुपर्ने बताए । आगामी दिनमा पार्टीलाई बिलयो बनाउन शिक्षकहरुको पनि भूमिका रहने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार