ढाकाकुमारले रबिलाई भेटेपछि भनेः ‘मेरो कारणले अपठ्यारो परेकोमा क्षमायाचना गर्छु’

काठमाडौँ । पार्टी निलम्वनमा परेका संघीय सांसद ढाकाकुमार श्रेष्ठले रास्वपालाई हराउने षड्यन्त्र गरेर अडियो बाहिर ल्याइएको दावी गरेका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय धुम्बाराहीमा जारि केन्द्रिय बैठकमा सहभागी भएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।

उनले उपनिर्वाचनमा पार्टीका तीनवटै क्षेत्रका उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइएको दावी गरेका छन् । संघीय सांसद श्रेष्ठले आफ्नो कारणले पार्टी र उपचुनावमा नराम्रो असर परेको प्रति क्षमायाचना समेत गरेका छन् ।

आफूमाथि षड्यन्त्र भएकोबारे न्यायका लागि अदालत गइसकेकाले आफु क्लिन चिट पाएर फर्किने उनको दावी छ । उनले अडियो आफ्नो नभएर पनि दावी गरेका छन् ।

श्रेष्ठबारे पार्टीको अनुशासन समितिले अनुसंन्धान र छानविन गरेर हिजै प्रतिवेदन बुझाई सकेको छ । उक्त प्रतिवेदन अध्यन गरेर निर्णय गर्नका लागि अहिले रास्वपा केन्द्रिय बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार