अडियोकाण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज

रास्वपाले श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने


काठमाडौं । अडियोकाण्डमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज भएको छ । आज बसेको रास्वपाको केन्द्रिय कमिटी बैठकले श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको हो । दुर्गा प्रसाईसंग मन्त्री बन्न लागेको भन्दै २ करोड मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले निलम्वन गर्दै छानविनका लागि ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

हिजोमात्रै पार्टीको अनुशासन समितीले श्रेष्ठमाथि छानविन गरेर बुझाएको प्रतिवेदनका आधारमा केन्द्रिय कमिटीले उनको सदस्यता खारेज गरेको हो । सदस्यता खारेज गरेपछि अब श्रेष्ठको सांसद पद पनि गएको छ । रास्वपाको केन्द्रिय बैठकले श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार