
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयां वर्षको अवसरमा सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गर्दै शुभकामना व्यक्त गरेका छन् ।
‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ’, राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा भनेका छन् ।
व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने समेत उनले जोड दिएका छन् ।










