राजेन्द्र लिङ्देन भन्छन्ः सरकारमा ४० दिन रहँदा भ्रष्टाचार नगर्ने सङ्कल्पको पुष्टि भयो

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु सरकारमा जाँदा भ्रष्टाचार नगर्ने संकल्पको पुष्टि भएको बताए । आज राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रि ुकेत रहेका लिङ्देनले सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्टि गरेको बताएका हुन् । उनले आफु सरकारमा रहँदा कर्मचारीतन्त्र खराब छ भन्ने अफवाहलाई गलत साबित गरेको पनि दावी गरे ।

अध्यक्ष लिङ्देन मुलुकको अर्थतन्त्र निकै खराब अवस्थामा रहेको बताए । देशमा अहिले ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा दिनुपर्ने परिस्थिति रहेको स्वयम सरकारी अधिकारीले नै बताएकाले देश गम्भिर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ थियो ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार