नवनियुक्त परराष्ट्रमन्त्री साउदले भनेः ‘छिमेकीसँगको सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजानेछौं’

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीसँग आगामी दिनमा नेपालको सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजाने बताएका छन् । आज पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको समेत बताए ।

‘विश्वभरिका देशसँग, छिमेकीसँग आगामी दिनमा हाम्रो सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजानेछौं’ उनले भने । मन्त्रि साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी पनि लगत्तै सुरु गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे मन्त्रालयका कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढ्ने उनले बताए ।
कञ्चनपुर क्षेत्र २ बाट निार्वाचित भएका साउद सभापति शेरबहादुर देउवा निकट नेता हुन् । गठबन्धनमा कांग्रेसँबाट उनि पाँचौं मन्त्रि हुन् ।
प्रचण्ड सरकारमा यसअघि कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री भइसकेका छन् । गठबन्धनमा ९ वटा मन्त्रालय पाउने सहमति भएपनि कांग्रेसले आन्तरिक विवादका कारण चार मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार