जब एकैपटक चार वटा टिपर ठोक्किएपछि…


काठमाडौँ । काठमाडौँमा एकैपटक चारवटा टिपर एक आपसमा ठोक्किएका छन् । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा आज बिहान सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका चारवटा टिपर एक आपसमा ठोक्किएका हुन् ।

ठक्करबाट कुनै मानवीय क्षति नभए पनि एकजना चालक सामान्य घाइते भएको साँखु प्रहरी कार्यालयले जनाएको छ ।

एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३–०१–००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् । टिपरहरुएक आपसमा ठोक्किएपछि केहिबेर सडक अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार