पदमको शवयात्रा पनि शान्तिपुर्ण हुन सकेनः ८१ राउन्ड अश्रुग्याँस प्रहार, १२ घाइते

एक महिनापछि लाजेहाङको अन्त्येष्टि

विराटनगर । विराटनगरमा कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शवयात्रा प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र सुरक्षकर्मी गरी १२ जना घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले निषेक्ष क्षेत्र तोडेपछि झडप भएको हो । झडपमा ३ जना प्रहरी, ३ जना शसस्त्र प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । झडपका क्रममा आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको एसपी पोखरेलले दाबी गरे ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचाुर भइरहेको । उनिहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

कोशी प्रदेश नाम खारेजको माग गर्दै पहिचानवादीहरुले गत चैत ५ गते विराटनगरमा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा लाजेहाङको टाउकोमा चोट लागेर घाइते भएका थिए । उनको उपचारका लागि चैत ८ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि चैत्र १० गते मृत्यु भएको थियो ।

आज एक महिनापछि लाजेहाङको अन्त्येष्टि गरिएको छ । पहिचानवादीहरुले कोशी प्रदेश नाम खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएपनि विभिन्न पक्षको वार्ता, छलफलपछि लाजेहाङको आज अन्त्येष्टि गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार