
चितवन । चितवन- २ मा मंसिरको निर्वाचन भन्दा कम मत खसेको छ । आज भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ। मंसिर ४ मा ६७.६३ प्रतिशत मत खसेकोमा आज ६० प्रतिशत भन्दा मत खसेको चितवन २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताएका छन्।
निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएको विवरण आएको निर्वाचन अधिकृत आचार्यले बताए ।
मतदान सकिएसँगै सबै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने र सबै पेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
चितवन २ मा कुल १ लाख २४ हजार ६९५ मतदाता छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा ८४ हजार मत खसेको थियो ।










