चितवन २ मा रविको अग्रता

चितवन । चितवन २ मा भएको उपनिर्वाचनको मतगणनामा रवि लामिछानेले अग्रता बढाएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले १ हजार १५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका छन् ।

लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि वैशाख १० मा चितवन २ मा उपनिर्वाचन गर्नु परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार