प्रधानमन्त्री प्रचण्ड र रविबीच भेटवार्ताः कहिले जान्छन् रवि सरकारमा ?


काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा समसामहिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएका थिए । भेटमा रास्वपा सरकारमा सहभागी हुने बिषयमा समेत छलफल भएको बताइएको छ । सरकारका सहभागी हुने बिषयमा रास्वपाको केन्द्रीय समितिको बैठक भोली बिहान ११ बजे बस्दैछ ।
सभापति लामिछानेले रोजेको मन्त्रालय नपाए सरकारलाई दिएको सर्मथन फिर्ता लिने स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार