
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न बताएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले आज जारि गरेको प्रेस नोटअनुसार राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न बताएका हुन्। राष्ट्रपति पौडेलको पेट तथा छातीमा समस्या देखिएपछि करिब दुई साता नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भई आइतबार राति स्वदेश फर्किएका थिए । उपचारमा भएको खर्च उनले आफैंले बेहोर्ने चाहना राखेको प्रेस नोटमा उल्लेख ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्ती अनुसार उनले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको उल्लेख गरिएको छ । राष्ट्रपतिले सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैंले गर्न चाहेको स्वकीय सचिवालयमार्फत सार्वजनिक गरेका हुन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य उपचार गराएका राष्ट्रपति पौडेललाई गत वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो । काँग्रेस महामन्त्री एवम् सांसद गगन थापाले पनि राष्ट्रपति पौडेललाई उपचार खर्च आफैले ब्यवहोर्न आग्रह गरेका थिए।
जारी विज्ञप्ती












