उपचारका क्रममा रवि लामिछानेका चालकको निधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजि चालक दिलबहादुर थापा शम्भुको उपचारको क्रममा निधन भएको छ ।
उपचुनावका बखत चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भिर घाइते भएका चालक थापाको उपचारको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको आज दिउँसो करिब दुई बजेतीर निधन भएको हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय चालक थापा वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका थिए । घटना लगत्तै चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार