काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीका छोारा सन्दीपलाई अदालतमा उपस्थित गराइएको छ ।
हिजो बुटवलबाट पक्राउ परेका उनलाई आज काठमाडौँ ल्याइ जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै सन्दीपका नाममा पक्राउ पुर्जी जारि भएको थियो ।
यसअघि पक्राउ परेका सानु भण्डारीले बयानका क्रममा नेता रायमाझीका छोरा सन्दिप पनि संलग्न रहेको बताएपछि प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमती लिएको थियो । यस प्रकरणमा रायमाझीका बाउ छोरा नै संलग्न रहेको प्रहरी अनुसंन्धानबाट खुलेको छ ।
यस्तै पूर्वगृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा बादलका छोराको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको छ ।
यस प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा पनि पक्राउ परिसकेका छन् ।