काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन लण्डन प्रस्थान गरेका छन् । आज बिहान मन्त्री साउद त्यसतर्फ प्रस्थान गरेका हुन् ।
लण्डनमा रहँदा उनले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो। बेलायतका रहँदा अन्य औपचारिक कार्यक्रम लगायत प्रवासी नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ । मन्त्री बनेपछि साउदको यो पहिलो विदेश भ्रमण हो ।