नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरु मुछिएपछि ओलीले प्रचण्ड भेटे


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा दुबै नेताहरुबीच संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
भेटवार्ताबारे प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल भएको संचारकर्मीहरुलाई बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताहरु रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी मुछिएर उनिहरुका छोराहरु पक्राउ परेका बखत ओली प्रचण्डलाई भेट्न सिंहदरबार जानुलाई पनि अर्थपुर्ण रुपले हेरिएको छ । यो प्रकरणमा नेता बादलका छोरा प्रतिक र उनि गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेका छन् । राईका छोरा निरजको पक्राउ पुर्जी जारी भएको छ । यस्तै नेता रायमाझाका छोरा सन्दीप पनि पक्राउ परेका छन् । उनिहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसंन्धान गरिरहेको छ । नेता रायमाझीको पनि पक्राउ पुर्जी जारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार