रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आइबार बिहान बसेको
मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार