चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरेरपछि वातावरण सहज भएको बताएका छन् । आज बिहान भारतको नयाँदिल्लीमा केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरेरपछि वातावरण सहज भएको बतमएका हुन् ।
उनले परिस्थिति बिग्रेला जस्तो भए पनि समकक्षी मोदीसंगको पटक पटकको भेटवार्ताले सम्झौताका लागि वातावरण सहज भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले नेपालसंगको सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक आफै बोल्नु नै महत्वपूर्ण भएको समेत बताए ।
प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात वटा सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको दुबै देशका सरकारहरुको दाबी छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली पुगेको थियो। प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आज मध्यप्रदेशको इन्दोर भ्रमणमा रहेका छन् । उनिसहितको भ्रमण टोली भोली स्वदेश फर्किने तालिका छ ।











