रवि लामिछानेले संसदमा भैँसी र राँगाको विषयमा बोलेर गल्ती भएको भन्दै माफी मागे


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिानेले संसदमा भैँसी र राँगाको विषयमा बोलेर गल्ती भएको भन्दै माफी मागेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठककमा बोल्दै सभापति लामिछानेले केहि दिनअघि संसदमा भैँसी र राँगाको विषयलाई लिएर भएको अमर्यादित बहसमा आफ्नो पार्टी पनि सहभागी भएर गल्ती भएको भन्दै क्षमायाचना गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गरेका छन् ।

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु,’ सभापति लामिछानेले संसदमा भने ।

संसदमा जनताका दुख, पीडा, समस्याका बिषयमा छलफल हुनुपर्नेमा दलहरुबीच आरोप प्रत्यारोपमै समय खेर गइरहेको उनको भनाई थियो । सभापति लामिछानेले एक अर्कालाई सराप्र्ने पुराना दलहरुको रोग आफुहरुलाई सर्ने होकी भन्दै चिन्ता पनि ब्यक्त गरे ।

उनले रास्वपा नागरिकता विधेयकको विपक्षमा नभएको पनि स्पष्ट पारे । सरकारको आग्रहमा राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता वियेयकको संसदमा रास्वपा, एमाले र राप्रपाले विरोध गरेका छन् । संसदमा विरोधसंगै विधेयकोविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अहिले विधेयक निष्कृय बनेको छ ।

सर्वोच्चको आदेशपछि विधेयक कार्यान्वयनमा जानबाट रोकिएपछि अहिले नागरिकताविहिन लाखौं नेपालीले रास्वपा, एमाले र राप्रपाविरुद्ध आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार