ओलीलाई जर्नादनको जवाफः ‘माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफलमा आफ्ना धारणा राख्दै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले माओवादीको शक्तिविना अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका हुन्।

संसदमा बोल्दै गर्दा अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए । जसको जवाफमा उपमहासचिव शर्माले नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने समेत बताए ।

देशमा आएको राजनीतिक परिर्बतन माओवादीको विरासत भएकाले आफुहरुलाई नहेप्न उनले ओलीलाई आग्रह गरे । देशमा आएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता माओवादीको विरासत भएको र संसदमा तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति अझै बाँकी रहेको उनले बताए । ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले गरेको योगदान नभुल्न पनि उनले आग्रह गरे ।

मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको माओवादी नेता शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार