
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतालाई धोका नदिँदा आफ्नो मन्त्री पदको सौदाबाजी भइरहेको बताएका छन् । आज काठमाडौंको तीनकुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रममा बोल्दै उनले आफुले देश र जनतालाई धोका नदिँदा मन्त्री पदको सौदाबाजी भइरहेको बताएका हुन् ।
किरातीलाई मन्त्री पदबाट हटाउन लागिएको भन्ने हल्ला चलिरहेका बेला उनले यस्तो प्रतिकृया दिएका हुन् ।
‘हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर नहिँड्न मेरो अनुरोध छ’, मन्त्री किरातीले भने ।
उनले प्रधानमन्त्री प्रचण्डले आफूलाई नराम्रो काम नगर्न निर्देशन दिएको समेत बताएका छन् । आफुलाई आमाले सानोमा गलत काम नगर्नू भनेर अर्ती दिएको बताउँदै उनले अध्यक्ष प्रचण्डले पनि राम्रो काम गर्न अथक मेहेनत गर्नु र कुने पनि नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिएको बताए।
भिडियो सामाग्री पनि हेरौं










