
नुवाकोट । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । आज दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डलेले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् ।
‘‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । तर एउटा वर्गलाई यो कुरा मन परेको छैन,’’ प्रधानमन्त्रीले भने ।
‘विकासमा राजनीतिक पूर्वाग्रह राख्नु नहुने बताउँदे उनले विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प हुनुपर्नेमा जोड दिए ।
सरकारले आफ्ना नीति तथा कार्यक्रममा विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको उनको भनाई छ ।
“राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवर्द्धन गर्न तत्पर छ। विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’’ उनले भने , ‘‘यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु। विदेशमा रहेका लाखौं नेपाली सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका छन्। सेवाग्राही कार्यालयका लामालामा लाइन हटेका छन्। यस वर्ष समयअघि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्। विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदानको अधिकार दिने नीति व्यवहारमा कार्यान्वयन हुँदैछ।’’
प्रधानमन्त्री प्रचण्डले यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सहमति भएको दावी गरे। इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किए समेत उनको भनाई छ । इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको ।
“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो। यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो। २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ। १० वर्षमा १० हजार विद्युत निर्यात गर्नेगरि सम्झौता भएको छ। वैकल्पिक हवाइमार्गका लागि सकारात्मक छलफल भएको छ। अन्य महत्वपूर्ण परियोजनामा पनि सहमति भएको छ। यो देशका लागि दूरगामी महत्वको उपलब्धि हो”, प्रधानमन्त्रीले भने ।
भिडियो सामाग्री पनि हेरौं










