
काठमाडौं। हालै जेलबाट रिहा भएका थारु नेता रेशम चौधरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन् । आज भट्टराई निवास पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई नेता भट्टराईले खाँदा लगाएर स्वागत गरेका छन् ।
भट्टराईले नेता चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत भन्दै तस्बिर सामाजिकसंजालमा पोष्ट समेत गरेका छन् । उक्त भेटमा रेशमले भट्टराईसँग आफू पार्टी निर्माणको क्रममा देशदौडाहा गरिरहेको जानकारी दिएका थिए । नेता चौधरीको पार्टी अहिले सरकारमा सहभागी छ ।
नागरिक उन्मुक्ति पार्टी पश्चिम नेपालमा नयां शक्तिका रुपमा उदाइरहेको छ ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका नेता चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।










