
काठमाडौं । सरकार र सडकमा रहेका चार दलद्धारा समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित बिशेष कार्यक्रममा चार दलका शिर्ष नेताहरुले मोर्चा घोषणा गरेका हुन् ।
सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र सडकमा रहेको विप्लव नेतृत्वको नेकपा गरि चार दलहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरेका हुन् ।
मोर्चा घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाका अध्यष उपेन्द्र यादव, नेकपाका महासचिव विप्लव लगायत हजारौं कार्यकर्ता र सर्मथकहरुको सहभागिता थियो ।
चारै दलका नेताहरुको सहमतिअनुसार मोर्चाको नेतृत्व आलोपालो गर्नेछन् । मोर्चाले विभिन्न आन्दोलन, क्रान्ति र जनयुद्धबाट भएका उपलब्धिहरु संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको रक्ष गर्दैै देशलाई समाजवादतर्फ लैजाने प्रमुख उदेश्य लिएको छ ।
मोर्चाले परिर्बतन विरोधी र प्रतिगमनकारी शक्तिहरुविरुद्ध सरकार, संसद र सडकबाट प्रतिबाद गर्ने समेत उदेश्य दिएको छ ।
भिडियो पनि हेरौं










