
काठमाडौं । नेकपा एमालेका एक जिम्मेवार सांसदले एक हप्ताभित्रै सरकार ढाल्दिने चेतावनी दिएका छन् । एमालेका सचेतक महेश बर्तौलाले आफूहरुले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्ने चेतावनी दिएका हुन् । आज नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुनज् ।
सचेतक सांसद बर्तौलाले सरकार एमालेले ढाल्ने नभई गठबन्धनभित्रकै अन्तर्विरोधका कारउण ढल्ने दाबी समेत गरे ।
माओवादी केन्द्रसहितका चार दलले बनाएको समाजवादी मोर्चाबारे संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिदैं उनले मोर्चा आफुहरुविरुद्ध बनाइएको हो भने एमालेले एक हप्ताभित्रै सरकार ढाल्दिने चेतावनी दिएका छन् । उनले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने बताए ।
सांसद बर्तौलाले सरकारको आयु प्रत्येक दिन एक दिनका लागि भएको पनि बताए ।







