उपेन्द्र यादवले भनेः ‘बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेकाले मोर्चामा आएनन्’

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेकाले मोर्चामा नआएको टिप्पणी गरेका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको पनि उनले दावी गरे ।

उपेन्द्र यादवले नचाहेका कारण भट्टराई मोर्चामा सहभागी नभएको भन्छन नि भन्ने संचारकर्मीहरुको प्रश्नमा यादवले भने, त्यसमा कुनै सत्यता छैन्, मोर्चा गठनका लागि भएका छलफलमा भट्टराई कहिल्यै उपस्थित भएनन् र मोर्चा गठन हुनुमा उहाँको कुनै योगदान पनि छैन् ।

अध्यक्ष यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने पनि प्रष्ट पारेका छन् ।
सोमबार मात्रै माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले असार १० गतेदेखि तीन दिनसम्म पार्टीको विधान अधिवेशन हुने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार