
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले यस बर्ष मलको अभाव नहुने बताएका हुन् । उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी पनि गरेका छन् ।
उनले यसबर्ष ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको संसदलाई जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले यो महिनाभित्रै कोलकत्ताबाट ४५ हजार मेट्रिकटन मल भित्रिने समेत बताए । हरेक बर्ष नेपालमा बर्खायामको खेतीमा मलको अभाव हुने गर्दछ । किसानलाई सधै मलको अभाव हुने भएकाले नेपालमै मल कारखाना खोल्नु पर्ने आवाज उठिरहेको छ ।










