
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई थप सुधार गर्दै जान निर्देशन दिएका छन् । शक्रबार अभिमुखीकरण तालिम महासंघका प्रतिनिधिसँगको भेटघाटमा उनले व्यवसायलाई थप व्यवस्थीत र सुधार गर्दै अगाडी बढ्न महासंघका प्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।
भेटघाटमा महानिर्देशक दहालले तालिममा देखिएका विकृती र विसंगतीका बारेमा जानकारी गराएका थिए ।
उनले विभागको आईटिमा भएको समस्या समाधानका साथै अनलाईनबाट संस्था नविकरण गर्ने क्रममा माग भए अनुसारको सबै कागजात पेश गर्नू पर्ने तर असहज भएको जानकारी भएमा सहजता अपनाउन सकिने विषयमा पनि आफु सकारात्मक रहेको बताए।
महानिर्देशक दहालले व्यवसायीले आफै पनि इमान्दारीताका साथ काम गरे अहिले देखिएका समस्या समाधान हुने पनि बताए। त्यसका लागि विभागको तर्फबाट पूर्ण साथ र सहयोग रहने पनि उनले विश्वास दिलाए।
महासंघका अध्यक्ष राजाराम गौतमले अहिले आफै पनि अनुगमन गरीरहेका तर केही अटेर संस्थामा विभागले पनि अनुगमन गर्नुपर्ने बताए। अनलाइनबाट अनुगमन गर्ने संदर्भमा उपत्यका बाहिरको संस्थाले केही कागजात तत्काल जुटाउन संभव नहुने हुँदा लचकता अपनाउनु पर्ने र आईटिमा धेरै कुरा मानविय परीवर्तन गर्न सक्ने प्रणाली छ, त्यसलाई स्वचालीत रुपमा चल्ने बनाउनु पर्ने बताएका छन्।
विभागले २०७३ माघ ३ गतेबाट पूर्व प्रस्थान अभिमुखिकण तालिमको प्रमाणपत्र अनिवार्य हटाई सकेको छ । तर, सीप सम्बन्धी तालिमको प्रमाणपत्र किनबेच हँदा विभिन्न मिडिया तथा निकायले प्रमाणपत्र बेच्ने यीनै हुन् भन्ने गरेकोले तत्काल यस्ता गलत कार्यलाई निरुत्साहीत बनाउन महासंघकाले अनुरोध गरेको छ । साथै हालको वायोमेट्रिक प्रणालीमा डाटा परीवर्तन गर्न सक्ने थुप्रै ठाँउ भएको हुँदा अभीमुखीकरण तालिम एक्लैले सबै दोषको जिम्मेवारी नलिने गौतमले बताएका छन् ।
वैदेशिक रोजगारमा जाने र पठाउने दुबै अभिमुखीकरण तालिमलाई झन्झटिलो मान्ने प्रचलन छ। ऐनले नचिनेको एजेण्टको विगविगीले पनि कामदार ठगिने र तालिममा आउँदा सबै पोल खोलिने हुँदा तालिमबाट बञ्चित गराउन हदैसम्मको कोशिस गर्ने गरेकोले पनि तालिमको औचित्यमा प्रश्न उठ्ने गरेको महासंघको दाबी छ ।
अध्यक्ष गौतमले अहिले महासंघले आचारसंहिता २०८० तयार गरी ९० प्रतिशत व्यवसायीलाई हस्ताक्षर गराएर तालिमलाई व्यवस्थित बनाई सकेको जानकारी गराए । उनले विभाग पनि सच्चिनु पर्ने र व्यवसायी पनि सच्चिए मात्र यो व्यवसाय प्रभावकारी हुने भन्दै विभागका केही कमजोरी समेत औल्याएका थिए ।
उनले २०७१ देखी सिसि क्यामेरा जोड्न लगाएर आजसम्म यसको प्रयोग नभएको साथै अबको अनुगमन भौतिक रूपमा नभई सिसि क्यामेरा र ह्वाट्सएप मेसेन्जरवाट पनि गर्न सक्ने र यसले समय, भत्ता र ईन्धनको किफाईत गर्न सक्ने बताए। राज्यको एकै किसिमको नीति नहुँदा प्रसस्त लगानी गरेर गुणस्तरीय तालिम दिन नसकिएको भन्दै उनले २०६० सालदेखी एउटै रटान घोक्ने चलनले पनि नयॉ नयॉ मन्त्री आए पिच्छे नकारात्मक सोच्ने र वेवास्था गर्ने प्रचलन रहदै आएको बताए।
ऐनको दफा ७३ मा भएको व्यवस्था अनुसार कामदारलाई सहयोग गर्न राखीएको श्रम डेस्क स्वार्थ समुहको दबावमा मन्त्री स्तरीय निर्णय गरी निस्कृय गराउदा धेरै समस्या आएको उनले बताए । आजकल हल्ला फिजाईएको अनलाईन प्रशिक्षण ती अशिक्षित कामदारको हकमा लाभदायी नहुने, साईवर, ट्राभेल र म्यानपावरका कर्मचारीले अशोभाविक फाईदा उठाएर कामदारलाई झन सूचनाको हकबाट समेत बञ्चित हुने जानकारी गराए ।
भेटघाट कार्यक्रममा पुर्व अध्यक्ष तथा वोर्ड सदस्य पुर्णबहादुर मल्लले पछिल्लो समय तालिमले सहि गति लिएकोले मन्त्री, सचिव र महानिर्देशक सबैलाई तालिम केन्द्रमा घुमाउन लगिने बचन दिएका छन् । अनुगमनलाई प्रभावकारी बनाउन र कारवाही गर्न हात नकमाउन समेत आग्रह गरे। उनले जस्तोसुकै अनुगमन गरे पनि सह्य जानकारी गराए।
यसै क्रममा महासंघका सल्लाहाकार विष्णु सुवेदी र प्रेम प्रसाद वास्तोलाले सेवा शुल्कमा हेरफेर गर्न पुनः जोड गरे। उनीहरुले तोकीएको कर्मचारी र प्रशिक्षकको भार, समयभार थपेको, पुर्वाधारको वृद्विको भार र धरौटि सावा व्याजको भारले कटौती गर्दा गुणस्तरीय तालिम दिन नसकेको स्विकार गरेका छन् । वायोहाजिरी भन्दा आईरिस प्रणाली राख्न सके सवै विकृतीको पनि अन्त्य हुने विश्वास व्यक्त गरे ।










