ललिता निवास प्रकरणका आरोपित भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणका आरोपी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।

ललिता निवास प्रकरणमा सरकारी कागज कीर्ते गरेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङ आरोपित हुन्।

२०७७ माघमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पनि प्रतिवादी बनाएको छ । यो मुद्दा अहिले विचाराधीन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार