अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए


काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहीबार राति ११ बजे काठमाडौंको रातोपुलमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगेको छ । उनको मृत्युको कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार