मन्त्री किरांतीले भनेः ‘जहाज खरिद गर्नुमा मेरो निजी स्वार्थ छैन,राष्ट्रिय आवश्यकता हो’


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नुमा आफ्नो कुनै निजि स्वानर्थ नरहेको प्रष्ट पारेका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताएका हुन् । उनले नयां जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता समेत भएको बताएका छन् ।

‘जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो’, उनले भने ।

मन्त्री किरातीले देशको विकासको राष्ट्रिय मोडालिटी तयार गर्न नसक्दा दुख पाइरहेको समेत बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र आएको पन्ध्र बर्ष बितिसक्दा पनि हामीले विकासको राष्ट्रिय मोडालिटी निर्माण गर्न नसक्दा दुख पाइरहेका छौं’, मन्त्री किरातीले भने ।

उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए ।

उनले जहाज खरिद गर्दा नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार