शोकमा रहेका प्रधानमन्त्री प्रचण्डसंग विप्लवको भेट


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डसंग भेटघाट गरेका छन् ।
आज बालुवाटर पुगेर नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् ।

विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहालको यहि असार २७ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार