कोरिया रिटर्नीहरुको आन्दोलन स्थगित, भयो पाँच बुँदे सहमति


काठमाडौँ । कोरिया रिटर्नीहरूको आन्दोलन स्थगित भएको छ । कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शखाबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो । आज दिउँसो एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा ईपीएस कोरिया शाखाको कार्यालयमा पाँच बुँदे सहमति भएको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीबाट कोरिया गएका रिटर्नीहरूले रोस्टरमा भएका कामदारहरूलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका थिए ।

ण्सहमति अनुसार सीबीटी परीक्षा सम्बन्धी सूचनाको आधारमा ईपीएस कोरिया शाखा र रिटर्नी समूहबीच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सीबीटी परीक्षा रिटर्नीहरूको लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने निर्णय गरिएको छ ।

त्यस्तै परीक्षा सञ्चालनमा कोही कसैले कुनै किसिमको बाधा अवरोध नगर्ने नगराउने तथा विभिन्न खालका मित्थ्या समाचारहरूको दुवै पक्षले प्रतिबाद गर्ने सहमति भएको छ ।

त्यस्तै कोरिया रिटर्नी समूहले कार्यालयमा पेश गरेका मागहरूलाई श्रम मन्त्रालय मार्फत कूटनैतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।

पाँच वर्ष कोरियामा काम गरेर फर्केर आएकाहरूले सन् २०२२ मा पुनः परीक्षा दिएर पास भई कोरिया जान प्रतीक्षारत थिए । तर, अहिलेसम्म उनीहरूको नाम नआएपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिएका थिए । कोरियाबाट फर्किएका ३५०० देखि ४ हजारको हाराहारीमा रिटर्नीहरू छन् ।

पाँच बुँदे सहमती यस्ता छन्ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार