उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

बेपत्ता भएका तीन नेपालीको पहिचान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धार कार्यका लागि भारतसँग आग्रह गरेका छन् ।

आज दिउँसो परराष्ट्रमन्त्री साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता भएमा नेपालीहरुको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदसंगकोसंवादमा मुख्यमन्त्री धामीले आज बिहानैबाट बेपत्ताहरुको खोजी कार्यमा सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताएका छन् । रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा परि १९ जना बेपत्तामध्ये १३ जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार पहिरोमा परि बेपत्ता भएका तीन नेपालीको पहिचान भएको छ ।
नेपाली दूतावासले जनाएअनुसार शव पहिचान हुनेमा कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको रहेका छन् । अन्यको खोजी कार्य भइरहेको दूतावासको भनाई छ । उक्त क्षेत्रमा लामो समयदेखि नेपालीहरु विभिन्न रोजगारी गर्दै आएका छन् । पहिरोमा परि नेपालीले सञ्चालन गरेका तीन वटा होटल समेत बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार