प्रचण्डले जवाफ दिएर माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिंदै

काठमाडौं । पाँच दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ ।
यही साउन १७ गतेदेखि काठमाडौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिएपछि सकिने छ ।
बैठकमा हिजोसम्म २२१ जनाले आफ्नो धारणा राखेका छन् भने बाँकी सदस्यहरुले आज आफ्नो धारणा राखेपछि अध्यक्ष प्रचण्डले एकमुष्ट जवाफ दिएर बैठक सकिने तयारी गरिएको हो ।

बैठकमा सहभागी सदस्यहरूले पार्टीलाई क्रान्तिकारी धारमा रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागिता, नेतृत्व हस्तान्तरण लगायतका विषय शसक्त रुपमा उठाएका छन् ।

बैठकमा माओवादी केन्द्रका केन्द्रिय नेताहरुले नै केहि गुनासो राखेका छन् । बैठकमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले पार्टीभित्र आफूहरूलाई गुटको नेताको रुपमा छुट्याएर विकल्प खोजिएको भन्दै गुनासो गरेका छन्

बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।

यसै बैठकबाट माओवादीले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार