काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागको सूचनाका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका चिनियाँ नागरिक जिएलिन र लुई फुयानको सम्बन्ध यसअघि पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग देखिएको अनुसंन्धानमा पाइएको सीआईबी स्रोतले बताएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले साउन ३ गते हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ विमानस्थलबाट बाहिरिएर ट्याक्सीमा लग्दै गर्दा सिनामंगलमा बरामद गरेको थियो । सुनसंगै पक्राउ परेका ट्याक्सी चालक र भन्सार एजेन्टबाट सुन तस्करको जालोबारे सीआईबीले अनुसंन्धान गरिरहेको छ ।