भ्रष्टाचारको अन्त्य गरेरै छाड्छौं– प्रचण्ड


चितवन। प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गरि भ्रष्टाचारको अन्त्य गरेरै छाड्ने बताएका छन् । आज चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको अन्त्य गरेरै छाड्ने बताएका हुन् ।
उनले सरकारको कामको गति बढाउन हरेक मन्त्रीहरुलाई महिना प्रगति विवरण बुझाउन समेत सम्झौता गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न अहिलेको मुख्य चुनौति रहेको समेत बताएक । देशमै रोजगारीको वातावरण नबनेसम्म युवालाई विदेश जानबाट रोक्न कठिन हुने उनको भनाइृ छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल समेत गरेका छन् ।

उनले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागि परेको समेत बताए । यसका लागि आफुले हिजो मात्रै सिंहदरवारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताए । प्रधानमन्त्री प्रचण्डले अहिले सरकार कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर काम गरिरहेको पनि बताए ।

उनले सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न सरकार लागि परेको बताए ।

उनले बुढीगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको र एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत् निकाल्ने गरी काम भैरहेको पनि जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार