थुनामुक्त भएका काँग्रेस सांसद शर्माले भनेः त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ

विराटनगर। नेपाली कांग्रेसका संघीय सांसद सुनिल शर्माले आफुलाई बचाउने एमाले अध्यक्ष भएकाले उनको प्रशंसा गरेको बताएका छन् । कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले आफु थुनामा पर्दा एमाले अध्यक्ष ओलीले बचाएका कारण उनको प्रशंसा गरेको बताएका हुन् । आफुलाई पार्टी भित्रैबाट पक्राउ गर्न लागेका बेला ओलीले बाबुसरहको भुमिका खेलेर बचाएको पनि बताए ।

‘अनुमान लगाउनुस्, तपाईँलाई तपार्इँकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुबाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ रु,’ प्रश्न गर्दै सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ,’ उनले भने ।

सांसद शर्माले काँग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गराउने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गरेको आरोप समेत लगाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार